विद्युत कार्यालयमा जानकारी नगराई बिजुलीको पोल सार्दा शोकमा डुब्यो चासी गाउँ

 असार २०, २०७५ बुधबार ९:४९:५३ | विमल बिष्ट
unn.prixa.net

डोटी – आदर्श गाउँपालिका १ चासी गाउँ अहिले शोकमा डुबेको छ । मंगलबार साँझ एउटैै गाउँका  चार जनाको करेन्ट लागेर ज्यान गएपछि गाउँ शोकमग्न बनेको छ ।

स्थानीय जयबहादुर खड्काको मिल नजिक रहेको विद्युत पोल उखेलेर नयाँ ठाउँमा गाड्ने क्रममा पोल ढलेर विद्युतको तारमा खस्दा करेन्ट लागेर स्थानीय  चारजना युवाहरुको घटना स्थलमै ज्यान गएको थियो ।

करेन्ट लागेर ज्यान गुमाउनेमा त्यही गाउँपालिकाका ३० वर्षीय जयबहादुर खड्का, २३ वर्षीय लोकेन्द्र खड्का, ३५ वर्षीय दिपु खड्का र १९ वर्षीय विरेन्द्र खड्का रहेका छन् ।

दिपायलमा रहेको नेपाल विद्युत प्राधिकरणका प्रमुख बुद्धिनाथ झाले पोल सार्ने जानकारी विद्युत कार्यालयमा नदिँदा यस्तो घटना भएको दावी गर्नु भएको छ । उहाँले भन्नुभयो ‘११ हजार भोल्टेजको लाइन प्रसारण भएको पोल, आफूखुशी सार्नु नै स्थानीयको गल्ती भयो ।’ करेन्ट लागेर स्थानीय बमबहादुर खड्का घाइते हुनुभएको छ । घाइतेको दिपायलमा रहेको शैलेस्वरी अस्पतालमा उपचार भैरहेको छ भने मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया