सरकारले ल्याएकाे बजेटबाट निजी क्षेत्र उत्साहित

 जेठ १५, २०७६ बुधबार १९:४६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निजी क्षेत्रले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट अत्यन्तै राम्रो रहेको टिप्पणी गरेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले ल्याएको बजेट अत्यन्तै राम्रो रहेको प्रारम्भिक टिप्पणी गर्नु भएको हो ।

बजेट भाषण सकिएपछि लगत्तै बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ टिप्पणी गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष राणाले सरकारले ल्याएको बजेट उत्साहजनक रहेको टिप्पणी गर्न भयो । उहाँले धागो तथा कपडा उद्योगका लागि ५० प्रतिशत विद्युत महशुल छुट गर्ने प्रावधान बजेटमा आउनु स्वदेशी उद्योगका लागि उत्साहजनक भएको पनि स्पष्ट पार्नुभयो ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष अग्रवालले समग्रमा बजेट अन्त्यन्तै राम्रो भएको प्रतिक्रिया दिनु भयो । उहाँले बजेट लगानी मैत्री भएको र त्यसले निजी क्षेत्रको मागलाई पनि सम्बोधन गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

निजी क्षेत्रले बजेटमा सरकारले कच्चा पदार्थको आयातमा भन्सार दर केही प्रतिशत छुट गर्ने व्यवस्था गरेर स्वदेशी उद्योगको प्रबर्द्धनमा जोड दिएको पनि जनाएको छ ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया