केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै

 फागुन १७, २०८१ शनिबार १२:१०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केपी ओली कप फुटबलको दोस्रो सेमिफाइनलमा आज आयोजक केपी ओली एफसी र मच्छिन्द्र एफसी खेल्दैछन् । यो खेल बेलुकी ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।

यो खेलको विजेताले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा भएको छ । हिजो भएको पहिलो सेमिफाइनलमा सङ्कटा क्लबलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

प्रतियोगिताको फाइनल खेल पर्सि सोमवार हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

यसैबीच विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन भोलि आइतवार नेपाल आइपुग्ने भएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन नेपाल आउन लागेका हुन् ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया