अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले ‘पपुलिस्ट’ अर्थात लोकरिझ्याइँवाला बजेट ल्याएको बताउनु भएको छ ।
बुधबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा पेस गर्नु भएको बजेटमा केही पपुलिष्ट र केही कस्मेटिक कुरा भएको डाक्टर भट्टराई बताउनुभयो । उहाँले सरकारले पुराना कुरा दोहोर्याउँदै फरक परिणाम खोजेको बताउँदै यसलाई पागलपनको संज्ञासमेत दिनु भएको छ ।
सरकारले ल्याएको बजेटबारे डाक्टर भट्टराई ट्विटरमा लेख्नुहुन्छ, ‘नयाँ वर्षको बजेट पुरानै निरन्तरतामा देखियोस् । केही पपुलिष्ट कुरा र केही कस्मेटिक सुधारका कुरा बाहेक, यत्तिकैमा भित्री र बाहिरी लगानीमा कसरी गुणात्मक वृद्धि होला ? त्योबिना अपेक्षित वृद्धि र रोजगारी सिर्जना कसरी होला ? पुराना काम दोहोर्याइरहनु र फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन ।’
— Baburam Bhattarai (@brb1954) May 29, 2019
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।