अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सरकारी कर्मचारीको तलब बढाएको छ ।
आर्थिक वर्ष २०७६/७७ को लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्षमा राजपत्र अनंकितको २० तथा अंकितको लागि १८ प्रतिशत तलब बढाइएको छ । आर्थिक वर्ष २०७३/७४ मा सरकारले कर्मचारीको तलब २५ प्रतिशत बढाएको थियो ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नायब सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशतले तलब बढाइएको घोषणा गर्नुभएको हो । सरकारले विभिन्न पदमा विभिन्न आधारमा तलब बढाएको हो ।
कसको कति पुग्यो ?
अहिले १८ हजार ३ सय ४० रुपैयाँ तलब रहेको कार्यालय सहयोगीको तलब २० प्रतिशतले बढ्दा २२ हजार ८ रुपैयाँ हुन जान्छ । त्यस्तै खरिदार तहका कर्मचारीले २२ हजार १ सय ७० रुपैयाँ तलब बुझ्दै आइरहेकोमा अब उनीहरुको तलब २६ हजार ६ सय ४ रुपैयाँ पुग्छ । सुब्बा तहका कर्मचारीले २३ हजार ५ सय रुपैयाँ तलब बुझ्दै आइरहेका छन् भने अब उनीहरुले २८ हजार २ सय बुझनेछन् ।
अधिकृत स्तर र यसमाथिका कर्मचारीको तलब पनि १८ प्रतिशतले बढाइएको छ । ३० हजार ५ सय रुपैयाँ बुझ्दै आइरहेका अधिकृत स्तरका कर्मचारीले अब ३५ हजार ९ सय ९० रुपैयाँ बुझ्नेछन् । त्यस्तै उपसचिवको तलब पनि ३४ हजार २ सय २० बाट बढेर ४० हजार ३ सय ७९ रुपैयाँ पुगेको छ ।
त्यस्तै सहसचिवको तलब ४० हजार १ सय ५० बाट बढेर ४७ हजार ३ सय ७७ पुगेको छ । सचिवको ५१ हजार ४ सय २० बाट झण्डै ९ हजारले बढ्दा ६० हजार ६ सय ७५ रुपैयाँ पुगेको छ । मुख्य सचिवको ५५ हजार २ सय बढेर ६५ हजार १ सय ३६ रुपैयाँ पुगेको छ ।
योसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्री, सांसद, मन्त्री र राज्यमन्त्रीको पनि तलब बढ्छ । तलब बढाउनका लागि कर्मचारीहरुले सरकारलाई निरन्तर दबाब दिँदै आइरहेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।