साँझपख मेघगर्जनसहित पानी पर्ने सम्भावना

 जेठ १६, २०७६ बिहिबार ७:२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकासहित देशको पहाडी क्षेत्रको मौसम बदली भैरहेको छ । स्थानीय वायुको प्रभावका कारण बिहीबार बिहान मौसम बदली भई पहाडी भूभागका केही स्थानमा पानी परेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

बिहीबार बिहान पहाडी भेगका धेरैजसो ठाउँमा बद्ली हुने र दिउँसो खुल्ने सम्भावना रहेको उहाँले बताउनुभयो । स्थानीय वायुको प्रभावका कारण बेलुका फेरि बदली भई मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

बुधबार बेलुका काठमाण्डौ उपत्यकामा १३ मिलिमिटर पानी परेको थियो । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया