अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा डोजर लगाएर भत्काएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।
बिहीबार प्रेस विज्ञप्ति निकाल्दै घटनामा संलग्न आफ्ना कार्यकर्ताहरुलाई पार्टीबाट निलम्बन गर्दै सरकारसँग कारबाही र उचित क्षतिपूर्तिको माग पनि गरेको छ ।
पार्टीले घटनाका मुख्य नाइके पार्टी सदस्य प्रकाश कँडेललाई सदस्यबाट निलम्बन गरेर कारबाही गरेको छ भने अर्का पार्टी सदस्य भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको जनाएको छ ।
‘धुर्मुस–सुन्तली फाउन्डेसनले देश तथा विदेशमा रहेका आम नेपालीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला चितवनको मात्र नभई नेपालकै गौरव हो । घटनामा दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
यसका साथै नेकपा जिल्ला कमिटि चितवन धुमुर्स–सुन्तली फाउन्डेसनको साथ र सहयोगका लागि सधैं तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।