मैले बोलेका कुरा बनावटी भए राधिकाले हात उठाएरै विरोध गरे हुन्छ : प्रधानमन्त्री ओली

 जेठ १६, २०७६ बिहिबार १४:६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बनावटी कुरा गरे सार्वजनिक मञ्चबाटै विरोध गर्न आफ्नी श्रीमती राधिका शाक्यलाई आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले ‘प्रथम राष्ट्रिय महिला दिवस’को अवसर पारेर बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले बोलेका कुरा बनावटी भए हात उठाएर विरोध गर्न श्रीमती शाक्यलाई आग्रह गर्नु भएको हो । 

मञ्चमै बसिरहनु भएकी श्रीमती शाक्यतर्फ फर्कँदै उहाँले आफूले बनावटी कुरा गरे हात उठाएर विरोध गर्ने अधिकार उनलाई रहेको बताउनु भयो । ‘महिला हेला गर्ने विषय हुँदै होइन’, प्रधानमन्त्री ओलीको भनाइ थियो,‘ मेरो श्रीमती नजिकै भएको हुनाले म हात उठाएर विरोध गर्ने अधिकार छ भन्दिन चाहन्छु । मैले बोलेका कुरामा फरक/वनावटी छ भने हात उठाएर यो कुरा सही होइन भन्ने अधिकार उनलाई छ ।’ 

प्रधानमन्त्री ओलीले महिलाको उत्थानबिना समाजको उत्थान सम्भव हुँदैन भन्ने कुरा स्वीकार गरिए पनि त्यसलाई कार्यान्वयनमा लैजाने कामले भने अझै गति लिन नसकेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले महिला अधिकारको क्षेत्रमा नेपालले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरुलाई पुरुष सरह अधिकार दिलाउन लागी पर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले महिला जनप्रतिनिधिहरुको काम गर्व गर्न लायक रहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया