अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
खोटाङ – विद्यालय भ्रमणमा गएका दुई जना विद्यार्थीको खोलामा डुबेर ज्यान गएको छ ।
भ्रमणमा गएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४, खाल्लेका एलिस बस्नेत र १९ वर्षीय विक्रम भट्टराईको ज्यान गएको हाे ।
शनिबार दहमा पौडी खेल्ने क्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सब-ओभरसियर अध्ययनरत दुई विद्यार्थीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताउनुभयो ।
शिक्षालयले व्यवहारिक भ्रमणका लागि ३५ जना विद्यार्थीको टोलीलाई साप्सु कालिका हाइड्रोपावर लगेको थियाे । त्यही समयमा उनीहरु पौडी खेल्ने क्रममा दहमा डुबेका हुन् । तीन जना विद्यार्थी दहमा गएकोमा दुई जना विद्यार्थीको डुबेर ज्यान गएको हो ।
सुरुमा डुबेका विक्रमलाई बचाउन दहमा जाँदा एलिस पनि डुबेको भन्दै तेस्रो विद्यार्थीले शिक्षक तथा साथीभाइलाई खबर गरेका थिए । खबर पाएपछि घट्नास्थल पुग्दा उनीहरु दुवै मृत फेला परेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।