चीनले अमेरिकी उत्पादनमाथि भन्सार कर थप्याे

 जेठ १८, २०७६ शनिबार २०:४०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनले आज अर्थात् जुन १ देखि केही अमेरिकी उत्पादनमाथि भन्सार कर थपेको छ ।

अमेरिकाले उत्पादन गरेका झण्डै ६० अर्ब अमेरिकी डलरका सामानको सूचीमध्ये केही सामानका लागि छुट्टाछुट्टै थप कर उठाउने चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ । समितिले जनाए अनुसार यसरी लिइने थप करमा सामान अनुसार थप २५ प्रतिशत, २० प्रतिशत र १० प्रतिशतको भन्सार कर रहनेछ ।

यसअघि यस्ता सामानमा थप ६ प्रतिशत कर लिइने गरिएकाे थियाे । चीन–अमेरिका व्यापार विवादबारे अमेरिका र चीनबीच लामो समय छलफलपछि विश्व समुदायले विवाद अन्त्य गरी दुई ठूला अर्थतन्त्रले सम्झौता गर्ने अपेक्षा गरिएको थियो ।

चीनले विचार विमर्श र छलफलमार्फत व्यापार द्वन्द्व र मतभेद समाधान गर्न प्राथमिकता दिइरहेको बेला अमेरिकाले पेलेर अघि बढ्न खोजेकोले बाध्य भएर यस्तो कमद चालिएको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया