चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु, एक जना घाइते

 जेठ १९, २०७६ आइतबार ६:४९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – मकवानपुरको गढी गाउँपालिका – ५ बुङदल देउरालीमा शनिबार राति  चट्याङ लागेर एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । 

चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चट्याङ लागेर स्थानीय कान्छीमाया स्याङतान घाइते हुनुभएको छ । उहाँको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया