त्रिभुवन विमानस्थलमा एअर इन्डियाको जहाजले गर्‍यो ‘ओभरसुट’

 जेठ १९, २०७६ आइतबार ९:३०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एअर इन्डियाको जहाजले आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसुट गरेको छ । विमान धावनमार्गमा आइपुग्न लाग्दा ल्याण्ड गर्न नसकेर फेरि उडान गर्ने प्रक्रियालाई ओभरसुट गरेको भनिन्छ ।

भारतको नयाँ दिल्लीबाट काठमाण्डौ आएको एआई २१३ कलसाइनको एअरबस ३२०–२१४ सिरिजको जहाज अवतरण हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

‘पाइलटले अवतरण गर्नै लाग्दा ‘मिस अप्रोच’(सही बाटो पहिल्याउन नसक्नु) भएको थाहा पाए, आजको ओभरसुट निकै खतरा थियो, दुर्घटना टरेको छ ।’ विमानस्थलका एक अधिकारीले उज्यालो अनलाइनलाई जानकारी दिए ।

मिस एप्रोच भएर कहिलेकाहीँ अवतरण हुनै लाग्दा जहाज फेरि आकासिनु सामान्य  भए पनि कहिलेकाहीँ यो जोखिमपूर्ण हुने विमानस्थल कार्यालयले जनाएको छ । ओभरसुट भएको जहाज फेरि अवतरण हुनेछ ।

यसअघि गएको चैत ६ गते पनि एआई २१३ कलसाइनको यही जहाज मिस अप्रोच हुँदा ओभरसुट भएको थियो ।
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • गणेश गौतम

    June 2, 2019, 10:42 a.m.

    यो विमान स्थलका लागी सामान्य कुरा हो । समाचार नै बनाउने विषय बस्तु होइन जस्तो लाग्छ मलाइ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया