अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा तुलनात्मक रुपमा सङ्लो पानी बग्ने खोला भनेर गोदावरी खोलालाई चिनिन्छ । हनुमन्तेमा मिसिने ठाउँसम्म नै गोदावरीमा सामान्यतया हातले छुन घिन नलाग्ने पानी हुन्छ । ढल नमिसाइएकोले पानी केही सङ्लो देखिए पनि नदी किनारामा फोहोर फ्याँक्ने समस्या भने त्यहाँ पनि छ ।
सफा मानिएको गोदावरीमा फोहोर फ्याँक्ने क्रम बढेपछि केही स्थानीय महिला अहिले सफाइ अभियानमा जुटेका छन् । १२ औँ हप्ताको सफाइ सम्पन्न गरेका उनीहरु महिला तथा बालबालिकाको पहलमा भैरहेको सफाइ अभियान सफलतातर्फ गएको बताउँछन् ।
महिलाहरुको सक्रियतामा स्थानीय विद्यालयका बालबालिकालाई सहभागी गराएर सफाइ अभियान चलाइरहेको अभियान टोलीकी रञ्जिता श्रेष्ठ खत्रीले बताउनुभयो । संस्थागत संरचना र नेतृत्व बिना अभियान चलाइरहेका उनीहरु आफूहरुलाई अभियानकर्मी भनेर चिनाउँछन् । हरेक आइतबार सफाइ अभियान हुन्छ ।
अर्की अभियानकर्मी मञ्जु भटराई केसी भन्नुहुन्छ, ‘स्थानीयबासीन्दालाई पत्र नै पठाएर सफाइ अभियानमा डाक्छौँ भने हरेक हप्ता पायक पर्ने एउटा विद्यालयलाई पनि अभियानमा सहभागी हुन निम्ता दिन्छौँ, सहभागिता देखेर हामी उत्साहित भएका छौँ ।’
उनीहरु विद्यार्थीलाई भने फोहोर झिक्न लगाउँदैनन् । ‘निकालेको फोहोर गाडीसम्म लैजान विद्यार्थीको सहयोग लिन्छौँ, विद्यार्थीलाई डाक्नुको कारण फोहोर झिक्न नभइ सरसफाइसम्बन्धी शिक्षा दिन हो, उनीहरुले सफाइ बारेमा बुझेपछि घरमा भन्छन् र घर हुँदै टोल अनि समुदाय सफा हुन्छ, यही कारण हामीले विद्यार्थीले फोहोर भएकै ठाउँमा लगेर उनीहरुलाई सिकाउने पहल गरका हौँ, बालबालिकालाई जोखिम हुने काममा चाहिँ लगाउँदैनौँ’, अभियानकर्मी रञ्जिता श्रेष्ठ खत्रीले भन्नुभयो ।
झण्डै १५ जना महिलाहरुले सञ्चालन गरिरहेको सफाइ अभियानमा हप्तामा सय जनासम्मको सहभागिता हुन थालेकोमा उनीहरु दंग छन् । ‘नदी किनार मात्र हैन अहिले टोल पनि सफा गर्न थालेका छौँ सबैले राम्रो अभियान भन्दै सरसफाइमा सहभागी भएको देखेर निकै खुशी लागेको छ’ अभियानकर्मी मञ्जु भटराई केसीले भन्नुभयो ।
छोटो समयमा सफलता
१३ हप्तासम्म पुग्दा सफाइ अभियानकर्मीहरुलाई स्थानीय बासिन्दा, विभिन्न पेशा, व्यवसाय, संगठन तथा संघसंस्थामा आवद्ध व्यक्तिहरुको साथ मिल्न थालेको छ । सफाइ अभियन्ताले पुराना फोहोरहरु समेत खोजी गरी संकलन तथा व्यवस्थापन गर्न थालेका छन् । १३ औं हप्तामा आइपुग्दा गोदावरी खोला क्षेत्र पहिलेको भन्दा निक्कै सफा देखिन थालेको र जथाभावी फोहोर फ्याँक्ने क्रममा कमी आएको अभियन्ताहरु बताउँछन् ।
उनीहरुले हप्तामा दुई टन भन्दा बढि फोहोर व्यवस्थापन गर्दै आएका छन् । अहिले सफाइ अभियानमा स्थानीय बासिन्दासँगै नगरपालिका, संघसंस्था, विद्यालय, जनप्रतिनिधिलगायतको सहभागिता हुन थालेको छ । अभियानकर्मी रञ्जिता श्रेष्ठ खत्री भन्नुहुन्छ ‘सुरुमा त कतिञ्जेल अरुलाई भन्दै हिँड्नुजस्तो लागेको, थियो तर अहिले सहभागिता बढेर उत्साहित छौँ ।’
२२ गते मानवसाङ्लो
गोदावरी सफाई अभियान अन्तर्गत जेठ २२ (बुधबार) अर्थात विश्व वातावारण दिवसको दिन गोदावरी खोलामा मानवसाङ्लो बनाइने भएको छ । सफाइको साथै चेतना अभिवृद्धिको लागि बुधबार बिहान १० बजे गोदावरीमा मानवसाङ्लो बनाउने अभियानकर्मी धीरेन्द्र शाहले जानकारी दिनुभयो ।
पछिल्ला समय सफाइ अभियानमा स्थानीयबासीन्दाको चासो बढेको छ । यो अवसरलाई स्थानीय तहले प्रयोग गर्नुपर्ने अभियानकर्मीहरु बताउँछन् । कानुनतः सरसफाइको जिम्मेवारी स्थानीय तहलाई छ । नगरपालिका तथा गाउँपालिकाहरुले स्थानीयबासीन्दाको सहभागितामा सरसफाइको कामलाई अघि बढाउँदा प्रभावकारी हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।