कोरियन भाषा परीक्षाका लागि ३२ केन्द्र तोकियो

 जेठ १९, २०७६ आइतबार १२:५३:५५ | उज्यालो सहकर्मी

काठमाण्डौ – दशौं कोरियन भाषा परीक्षाका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको छ । आउँदो शनिबार र आइतबार हुने कोरियन भाषा परीक्षाको लागि काठमाण्डौमा २८ र पोखरामा ४ वटा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ । 

काठमाण्डौमा बाग्मती बोर्डिङ स्कुल सुकेधारा, द न्यू समिट स्कुल मैतिदेवी, आदर्श बिद्या मन्दिर मानभवन ललितपुर, लिटिल एन्जेल्स स्कुल हात्तिवन, एल.आर.आई स्कूल स्यूचाटार, एन.के.सिंह मेमोरियल ई.पी.एस. स्कूल मिनभवन, भी.एस.निकेतन स्कुल, ल्याब्रोटरी उच्च मा.वि., कीर्तिपुर, नाईटिङ्गल ईन्टरनेसनल सेकेन्डरी स्कुल, मुनलाईट (मोलिस) उच्च मा.वि कुमारीपाटी, लोयल्टी एकेडमी, मण्डिखाटार, र काठमाण्डौ मोडल कलेज बालकुमारी तोकिएको छ । 

त्यस्तै गोल्डनगेट ईन्टरनेसनल कलेज, गोल्डनगेट ईन्टरनेसनल सेकेन्डरी स्कुल, हिमालय कलेज, हिमालयन ह्वाईट हाउस ईन्टरनेशनल, लिटिल एन्जेल्स कलेज हात्तिवन, नोबल एकेडेमी, पिनाकल एकेडेमी लगनखेल, टाईम्स ईन्टरनेसनल कलेज डिल्लीबजार, ट्रिनिटी ईन्टरनेसनल कलेज, युनिभर्सल कलेज, भी.एस.निकेतन कलेज तीनकुने, जेभियर ईन्टरनेशनल कलेज, जेभियर ईन्टरनेशनल स्कुल, रेडन कलेज सामाखुशी, किस्ट कलेज कमलपोखरी र साउथ वोस्टर्न स्टेट कलेज तोकिएको छ । 

पोखरामा पोखरा पब्लिक स्कुल चौथे, स्टेप बाई स्टेप स्कुल मासवार, लिटिल स्टेप सेकेण्डरी स्कुल मिलचौर र सृजना सेकेण्डरी स्कुल सिर्जनाचौक गरी चार वटा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षा पहिलो र दोस्रो गरी दुई सिफ्टमा सञ्चालन हुने छ । पहिलो सिफ्टका लागि बिहान ८ बजे र दिउँसो सिफ्टका लागि ११.३० बजे परीक्षा केन्द्रमा पुगेर आफ्नो स्थानमा बसिसक्नु पर्ने छ । 

परीक्षा शुरु हुने समयभन्दा एक घण्टा अगावै आफ्नो स्थानमा नबसेकोले गएका वर्षहरुमा धेरै परीक्षार्थीहरु परीक्षाबाट बञ्चित भएको भन्दै समयमै परीक्षा केन्द्र पुग्न पनि ईपीएस शाखाले अनुरोध गरेको छ । 

थाहा पाउनुहोस् आफ्नो केन्द्र

अन्तिम अपडेट: पुस १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया