अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
दाेलखा - दोलखाकी उज्यालो सहकर्मी उषा तामाङ सुजल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
उज्यालो सहकर्मी तामाङलाई अपाङ्गता र बालबालिकाको सहयोगका लागि पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै आइतबार नगद ५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएकाे हो ।
तामाङलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाले सुजल फाउण्डेशन भिमेश्वर नगरपालिका वडा नम्बर-२ को सहयोगमा याे पुरस्कारकाे स्थापना गरेको हो । यसैबीच महासंघले प्रदान गर्ने अन्य ४ विधाका पुरस्कारमध्ये विकास पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो प्रसारक संघ अकोर्याबका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, हेमकृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कारबाट रेडियो शैलुङ दोलखाकी स्टेशन म्यानेजर विनिता शिवाकोटी, इन्द्रमणि पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका जिल्ला संवाददाता श्याम खतिवडा र गणतान्त्रिक पत्रकारिता पुरस्काबारट पत्रकार दिपशंकर चौलागाई सम्मानित हुनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।