विश्वकप क्रिकेट: दक्षिण अफ्रिका टस जितेर बंगलादेशविरुद्ध फिल्डिङ गर्दै

 जेठ १९, २०७६ आइतबार १५:३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धकाे खेलमा टस जितेर पहिला फिल्डिङ गर्दैछ । केनिंगटनकाे ओभल मैदानमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे खेल सुरु हुँदैछ ।

उद्घाटन खेलमा इंग्ल्याण्डसँग पराजित भएको दक्षिण अफ्रिका पछिल्लो खेलको नतिजा आजको जितको खोजीमा मैदानमा उत्रने मनस्थितिमा छ । बंगलादेश भने पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सुखद् सुरुआत गर्ने लक्ष्यमा रहेको छ । विश्वकपमा यी दुई टिम अहिलेसम्म तीन पटक प्रतिस्पर्धा गर्दा दक्षिण अफ्रिकाले दुई तथा बंगलादेशले एक पटक जितेको छ ।

बंगलादेशका लागि शुक्रबार अभ्यासका क्रममा घाइते भएका तमिम इकबालले खेल्ने भएका छन् । किनकि तमिम ओपनर मात्रै नभइ भरोसा गर्न योग्य ब्याट्सम्यान पनि हुन् । त्यसैगरी रुबेल हाेसेन भने चाेटका कारण खेल्न पाउने छैनन् ।

दक्षिण अफ्रिकाका हसिम अमला पनि चाेटका कारण आजकाे खेल खेल्ने छैनन् ।  इंग्ल्याण्डविरुद्ध जोफ्रा आर्चरको बाउन्सरमा अमला घाइते भएका थिए । हेलमेटमा चोट लागेपछि उनी पेभेलियन फर्किएका थिए ।

उनकाे स्थानमा डेभिड मिलरले खेल्नेछन् । त्यसैगरी डेल स्टेनकाे स्थानमा क्रिस माेरिस आएका छन् ।  

 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया