सामाजिक सञ्जालहरुमा सञ्चारकर्मीविरुद्ध भइरहेका नकारात्मक टिप्पणीप्रति महासंघकाे ध्यानाकर्षण

 जेठ १९, २०७६ आइतबार १६:४९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल पत्रकार महासंघले सञ्चारकर्मीविरुद्ध सामाजिक सञ्जालहरुमा भइरहेका नकारात्मक टिका–टिप्पणी र पोष्ट गरिएका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकाे छ । 

आइतबार विज्ञप्ति जारी गर्दै महासंघले सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा सञ्चारकर्मीहरुप्रति नकारात्मक धारणा फैलाउने, घृणा पैदा गर्ने, कार्य सम्पादनमा हतोत्साही बनाउने र असुरक्षित बनाउने महासंघको ठहर गरेकाे छ ।

महासंघ आफैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर भएकाे तर सामाजिक सञ्जालमा सञ्चारकर्मीहरु विरुद्ध आएका सामग्रीहरु अभिव्यक्ति स्वतन्त्रता मात्रै हो भनेर मान्न सकिने किसिमका नभएकाे महासंघले जनाैकाे छ । महासंघले ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालको दुरुपयोग गरी सार्वजनिक गरिएका सामग्री अभिव्यक्ति स्वतन्त्रताको उपभोग मात्रै हो भनेर मान्न नसकिने भन्दै शाहीको अभिव्यक्तिले कर्णाली प्रदेशका सञ्चारकर्मीहरुको आत्म सम्मानमा चोट पुग्नुका साथै असुरक्षा पैदा गराएको विज्ञप्तिमा उल्लेख छ ।

यसै प्रकरणसँग जोडेर नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, सुर्खेत जिल्ला अध्यक्ष गणेशकञ्चन भारती र पत्रकारद्वय नगेन्द्र उपाध्याय तथा शेरबहादुर थापाको चरित्र हत्या हुनेगरी सामाजिक सञ्जालमा गरिएको टिकाटिप्पणी र धम्कीप्रति महासंघ निन्दा गर्दै यस्ता कार्य नगर्न चेतावनी पनि दिएकाे छ ।

महासंघ कानुनी राज्यको वकालत गर्ने संस्था भएकोले अदालत र कानुनको उच्च सम्मान गर्ने स्पष्ट पार्दै समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीविरुद्ध सामाजिक सञ्जालको माध्यमबाट अफवाह फैलाउनेहरु विरुद्ध कानुनी कारबाही गर्न र सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन पनि महासंघले सम्बन्धित निकायसमक्ष जोडदार माग गरेकाे छ।
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया