प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना

 जेठ २०, २०७६ सोमबार ८:५७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ ।

मुटुको नियमित परीक्षणका लागि काठमाण्डौको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आईतबार भर्ना हुनुभएको हो ।

अस्पतालका विषेशज्ञ चिकित्सकरुको टोलीले उहाँको स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ ।

अस्पताल भर्नाभएसँगै एकहप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्री पौडेलका प्रेश संयोजक प्रकाश दाहालले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया