सोमबार कोरियन वन र कुवेती दिनारको भाउ बढ्यो

 जेठ २०, २०७६ सोमबार १०:४४:२३ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार कुवेती दिनार र कोरियन वनको भाउ केही पैसा बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने स्थिर छ । 

आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १९ पैसा र बिक्रीदर १११ रुपैयाँ ७९ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकिएको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५३ पैसा र बिक्रीदर २६ रुपैयाँ ६८ पैसा छ । 

यस्तै कोरियन वनको भाउ भने सोमबार केही पैसा बढेको छ । एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा रहेको थियो ।

कुवेती दिनारको भाउ पनि आज बढेको छ । १ को खरिददर ३६५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ९१ पैसा तोकिएको छ । हिजो खरिददर ३६५ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २४ पैसा थियो ।

बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ९३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५२ पैसा छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया