कैलालीमा हावाहुरी र चट्याङका कारण ७ जना घाइते

 जेठ २०, २०७६ सोमबार ११:११:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - कैलालीमा हावाहुरी र चट्याङमा परेर ७ जना घाईते भएका छन् । 

आइतबार साँझ कैलालीको गौरीगंगा नगरपालिका ११ का धनीराम चौधरीको घर छेउको सिमलको रुखमा चट्याङ पर्दा ४ जना घाईते भएका छन् । घाइते हुनेमा धनीरामका छोरा नरी चौधरी, छोरी अस्मिता, श्रीमती धनीयादेवी र आमा लक्ष्मी चौधरी छन् ।

उनीहरु सबैको घोडाघोडी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यसैगरी कैलारी गाउँपालिका वडा नम्वर ४ मा रहेकाे उखाली चौधरीको घरको छाना उडाउँदा चौधरी आँफै घाईते हुनुभएकाे छ । उहाँको सेती अस्पतालमा उपचार भईरहेको छ ।

वडा नम्बर ४ कै खल्लाचोककी मञ्जु चौधरीको घर नजिकै रहेको बिजुलीको पोल ढल्दा उहाँ आँफै घाईते हुनुभएकाे छ भने उपचार आँखा अस्पताल गेटामा भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयाे ।

कैलारी गाउँपालिका ६ बहुलीयाका वीरवहादुर चन्दको टिनले छाएको कच्ची घर हावाले उडाउँदा उहाँकी श्रीमती देवी चन्द पनि घाईते हुनुभएकाे छ । चन्दको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया