धरानमा डेङ्गुका ६५ जना बिरामी, 'सर्च एण्ड डेस्ट्रोय' अभियान सुरु

 जेठ २०, २०७६ सोमबार ११:३९:४८ | सुमन पुरी
unn.prixa.net

सुनसरी – धरानमा डेङ्गु रोगको संक्रमण फैलिएको छ । धरानमा मात्रै अहिले डेङ्गुका ६५ जना बिरामी देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । इटहरीमा पनि केही दिन अघि एक जनामा डेङ्गुको संक्रमण भेटिएको थियो ।

धरान क्षेत्रमा डेङ्गु रोगको खतरा बढेपछि सर्तकता समेत अपनाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाइँले बताउनु भयो । स्थानीय तह मार्फत सर्तकता कार्यक्रम सुरु भएको र जिल्ला स्वास्थ्यको समन्वयमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा डेङ्गु पहिचान गर्ने किटको व्यवस्थापन गरिएको छ । 

‘सर्च एण्ड डेस्ट्रोय’ अभियान

धरान क्षेत्रमा नियन्त्रण बाहिर गएको डेङ्गुको प्रकोप थप फैलन नदिन ‘सर्च एण्ड डेस्ट्रोय’ अभियान सुरु भएको छ । अभियान अन्तर्गत धरानका घर घरमा गएर हेर्दा धरानका ९८ प्रतिशत घरमा डेङ्गु फैलाउन सक्ने लामखुट्टेका अण्डा, लार्भा र प्युपा फेला परेको छ ।

घरमा फूल रोप्न राखिएको गमला, प्लाष्टिकको बोतल, टायर, जुठेल्नामा राखिएको भाँडा, बिर्को बिनाको खानेपानी ट्याङ्कीमा डेङ्गुको अण्डा, लार्भा र प्युपा फेला परेको धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ  ।

धरान उपमहानगरपालिकाले चार थान फगिङ मेसिन र बीपी प्रतिष्ठानको दुई थान गरी ६ थान मेसिन प्रयोग गरेर बिहान र बेलुका संक्रमित क्षेत्रमा अल्फा साइफर मेथ्रिन छरिरहेको छ । फगिङ मेसिनले लामखुट्टेमात्र मर्छ । अण्डा, लार्भा र प्युपा नमर्ने भएकाले पानी नै सुकाउनु पर्ने सागर प्रसाइँले बताउनु भयो । 

धरानको वडा नं. १, ५, १४ र १५ मा डेङ्गुको बढि समस्या रहेको छ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया