सदनमा राजकिशाेर यादवकाे प्रश्न : याे सरकार कसले चलाएको छ ?

 जेठ २०, २०७६ सोमबार ११:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनता पार्टीले लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्न/गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले संविधानमा गरिएको व्यवस्था विपरित आयोगले विज्ञापन आह्वान गरिएको भन्दै उहाँले सरकार कसले चलाएको छ भनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो ‘यो राज्य कसरी चलेको छ ? यो राज्य कसले चलाएको छ ? वास्तवमा यो राज्य चलाउनेहरुले संविधानलाई मानेको छ कि छैन भन्ने गम्भीर प्रकृतिका प्रश्न उठेको छ ।’

उहाँले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संविधानको मर्म र भावना विपरित भएको टिप्पणी गर्नुभयो । संविधान विपरित विज्ञापन आव्हान गर्नुले सरकारको कुनियत देखिएको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो ‘जब यो संविधान सरकारले मान्दैन । जब यो संविधान अनुसार यो सदन परिचालन हुदैन । जब यो संविधान संबैधानिक निकायमा बस्ने मान्छेले मान्दैन । व्यक्तिको उन्माद, उसको कुण्ठा र उसको चिन्तनबाट जब कार्य अगाडि बढाईन्छ समस्याहरु उब्जिन्छ ।’

सांसद यादवले राष्ट्रलाई दीर्घकालिन रुपमा नोक्सान पुर्‍याउने काम बन्द गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले सदनको मर्यादा राख्दै गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभयो ।

सभामुख कृष्ण बहादुर महराले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख महराले सांसद यादवलाई बोल्नका लागि समय दिनुभएको थियो ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया