अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले अमेरिकी राजदूत र्याण्डी बेरीका कुटनीतिक मर्यादाविपरीतका गतिविधि रोक्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
नेता रावलले बजेटमा राष्ट्रिय स्वाभिमानमा जोड दिए पनि व्यवहारमा सरकारले त्यहीअनुसार काम गरेर देखाउन नसकेको पनि स्पष्ट पार्नुभयो । अमेरिकी राजदूत बेरीले ‘राजदूतसँग गफगाफ’ कार्यक्रम सञ्चालन गर्नु कुटनीतिक मर्यादा विपरीत भए पनि त्यसलाई सरकारले नियन्त्रण गर्न नसकेको उहाँको भनाइ छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले भियना अभिसन्धि विपरीत अमेरिकी राजदूत बेरीले त्यस कार्यक्रम सञ्चालन गर्दा पनि किन नियन्त्रण गर्न नसकेको ? भनि सरकारलाई प्रश्न पनि गर्नुभयो ।
नेता रावलले सरकारले देश प्रेममा सघाउ पुर्याउने गरी पाठ्यक्रम निर्माण गर्ने व्यवस्था गरे पनि व्यवहारमा त्यस विपरीत कोरियाली विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएकोमा आपत्ति जनाउनु भयो । केही दिनअघि कोरियाको काङनाङ विद्यालयले त्रिभुवन विश्वविद्यालयसँग पाँच वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता गरेको थियो । त्यसप्रति नेता रावलको आपत्ति छ । विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि पनि प्रदान गरेको थियो ।
नेता रावलले बजेटमा उल्लेख गरिएका राम्रा कामलाई कार्यान्वयनमा लैजान जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।