तेस्रो हिमालयन ट्राभल मार्टको तयारी पूरा, ४१ देशका ७ सय जना सहभागी हुने

 जेठ २०, २०७६ सोमबार १६:४७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो बिहीबारदेखि काठमाण्डौमा हुने तेस्रो हिमालयन ट्राभल मार्टको तयारी पूरा भएको छ । 

आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएशन नेपाल च्याप्टर अर्थात पाटा नेपालले जुन ६ देखि ९ तारिखसम्म काठमाण्डौको सोल्टी होटलमा हुने मार्टको तयारी भएको  जनाएको छ ।

नेपालको पर्यटन क्षेत्रको विकास उल्लेख भूमिका खेल्ने अपेक्षा गरिएको मार्टमा व्यवसायी–व्यवसायीबीच हुने किनमेल अर्थात बी टु बी कार्यक्रमले नेपालको पर्यटन प्रबर्द्धन तथा व्यवसायीहरुका बीच सञ्चाल विस्तार गर्न सहयोग पुग्ने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले जानकारी दिनुभयो ।  

विस्तारै ब्राण्डिङ्ग हुँदै आइरहेको हिमालयन ट्राभल मार्टले विश्व बजारमा नेपालको सशक्त उपस्थिति जनाउन सहयोग पुगेको पाटाले जनाएको छ । हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको छ ।

हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा विश्वव्यापी क्रेताहरुलाई एउटै मञ्चमा भेला गराई उनीहरुबीच व्यापार आदान–प्रदान तथा सम्बन्ध सञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्धारा यस बिजनेस–टु–बिजनेस मार्टको परिकल्पना गरिएको छ । यस पटकको बीटुबी मार्टमा ३० देशबाट विश्वव्यापी क्रेता कम्पनीहरु र ६ वटा देश (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाहरुले सहभागिता जनाउने भएका छन् । 

मार्टमा ३८ जना अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स तथा मिडिया प्रतिनिधिहरुले समेत सहभागिता जनाउने छन् । समग्रमा नेपालसहित ४३ देशका झण्डै ७ सय जनाले मार्टमा सहभागिता जनाउने छन् । 

तेस्रो हिमालयन ट्राभल मार्टमा आयोजना गरिने कार्यक्रमहरु नेपाल भ्रमण वर्ष २०२० को पूर्वतयारी एवम् निर्धारित लक्ष्यप्राप्तिमा समेत केन्द्रित रहने आयोजकले जनाएको छ । भ्रमण वर्षलाई सफल बनाउन मार्टको तेस्रो दिन ८ तारिखमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्लगर्स तथा मिडियाहरुलाई नेपालका पर्यटकीय गन्तव्यबारे ब्रिफिङ गरिने कार्यक्रम रहेको छ ।


 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया