अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – 'नेपाल सेल्स मिसन यूरोप-२०१९' सफलतापूर्वक सम्पन्न भएको छ । वार्सामा मे २७, भियनामा मे २९ र म्यूनिखमा मे ३१ गरी तीन ठाउँमा नेपाल सेल्स मिसन भएकाे थियाे ।
नेपाल पर्यटन बोर्डले गरेको सेल्स मिसनमा दुई नेपाली ट्राभल कम्पनीहरु- 'द एक्सप्लोर नेपाल' र 'इन्टरटु्र्स नेपाल' को सहभागिता रहेको थियो । नेपाली व्यवसायीहरुले युरोपियन समकक्षी टुर अपरेटरहरुसँग सम्बन्ध विस्तार र व्यवसाय वृद्धि गरी नेपालमा धेरै संख्यामा पर्यटक भित्र्याउने सेल्स मिसनको उद्देश्य रहेको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक दिवाकरविक्रम राणाले सेल्स मिशनमा गन्तव्य प्रस्तुतीकरण दिनुभएको थियो । जसमा नेपालका विभिन्न पर्यटकीय आकर्षणहरु समावेश गरिएका थिए । कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि सहभागिता उल्लेखनीय थियो । कार्यक्रममा सहभागीहरु भएकाहरु नेपाल भ्रमण वर्ष २०२० लिएर अभियानका बारेमा जान्न उत्सुक देखिन्थे ।
जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले यस्तो सेल्स मिसनले युरोपका पर्यटन व्यवसायीहरुसँगको सम्बन्धमा घनिष्टता बढाई नेपाली बजार बलियो र विस्तार गर्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डद्वारा सेल्स मिसनमा सहभागीहरु मध्येबाट हरेक शहरमा २ जना विजेतालाई नेपाल भ्रमण प्याकेज प्रायोजन गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।