अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिष्ट पार्टीले बहुमत ल्याएर सरकार निर्माण गरे पनि उदाहरणीय काम गर्न नसकेको बताउनुभएको छ ।
नेमकिपाले सोमबा भक्तपुरमा आयोजना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति बारेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बिजुक्छेले संविधानमा उल्लेख भएको प्रावधान नुसार सरकारले समाजवादी काम गर्न नसकेको बताउनुभयो । उहाँले इतिहासबाट नसिकेको नेतृत्वले देश र जनताको सेवा गर्न नसक्ने चर्चा गर्दै नेकपाको सरकारले देश र जनताको सेवा गर्न नसक्ने स्पष्ट पार्नुभयो ।
उहाँले नेकपाले जनतालाई छलकपट गर्नमात्र कम्युनिष्ट शब्द आफ्नो नाममा झुण्ड्याइएको धारणा राख्नुभयो । नेकपालाई सत्तासीन बनाउन भारतीय विस्तारवादको भूमिका रहेको चर्चा गर्दै उहाँले नेपालमा आफ्नो प्रभाव अझ बलियो बनाउन भारतीय विस्तारवादले घोडा फेर्ने काम गरेको बताउनुभयो । हिजो अल्पमतको सरकार भएकोले सरकारमा रहेर काम गर्न नपाएको भन्ने पार्टीले दुईतिहाइ बहुमत पाएर पनि काम गर्न नसक्नु राजनैतिक अकर्मण्यता र अपरिपक्वताको दृष्टान्त भएको बताउनुभयो । उहाँले कम्युनिष्टको मूल्य र मान्यता, सिद्धान्तविपरीत काम गर्ने पार्टी कम्युनिष्ट हुनै सक्दैन भन्नुभयो ।
उहाँले वार्तामार्फत सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिको मूल धारमा ल्याउनुपर्ने बताउनुभयो । पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बिजुक्छेले सिके राउतसँग वार्ता गर्ने सरकारले विगतकै माओवादीको बाँकी भाग विप्लवलाई प्रतिबन्ध लगाई लखेट्न नहुने बताउनुभयो ।
बिजुक्छेले सरकार ठेकेदार र कमिसनतन्त्र ठगहरूको घेरामा रहेको उल्लेख गर्दै संविधानमा समाजवादउन्मुख प्रावधान रहेको अवस्थामा पनि पूँजीवादी नीति र कार्यक्रम ल्याउनु जायज नभएको उल्लेख गर्नुभयो । उहाँले सरकारले प्रस्तुत गरेको बजेट समाजवादको विकासभन्दा पूँजीवादलाई बलियो बनाउने प्रकृतिको रहेको बताउनुभयो ।
अमेरिकाले कानुनी र गैरकानुनी रूपमा अन्य देशहरूमाथि डकैती गरिरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले चालू आव २०७५/७६ र आव २०७६/७७ को बजेट वक्तव्यका प्रतिबद्धताका कतिपय वाक्य नै उही भएकोले सरकारले ल्याएको बजेट प्रतिबद्धताको पुलिन्दा मात्र भएको बताउनुभयो ।
उहाँले बजेटमा महँगी नियन्त्रण गर्ने, आन्तरिक उत्पादन बढाउने, व्यापार घाटा कम गर्ने कुनै स्पष्ट खाका नभएको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रदेश सांसद सरोजराज गोसाईं र सृजना सैजुले सरकारले सिंहदरबार केन्द्रित सोच पालेर संघीयताको मर्ममाथि घात गरेको आरोप लगाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।