मिङ्माद्वारा सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

 जेठ २१, २०७६ मंगलबार १२:१५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : पायोनियर एडभेन्चर प्राइभेट लिमिटेड

काठमाण्डाै – हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्नु भएको छ ।

संखुवासभाका शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नु भएको हो । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी पायोनियर एडभेन्चरले शेर्पाले सगरमाथा र चाैथो ल्होत्से हिमालको पनि सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको औपचारिक जानकारी गराएको हो । 

यस अघि निर्मल पूर्जाले १० घण्टा १५ मिनेटमा सगरमाथाको सफल आरोहण गर्नु भएको थियो । पत्रकार सम्मेलनमा बोल्दै नयाँ कीर्तिमानधारी शेर्पाले नेपालीहरुको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान राखेपछि आफूलाई पनि छोटो समयमै सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्ने इच्छा जागेको प्रतिक्रिया दिनुभयो ।

शेर्पाले गएको जेठ १३ गते बिहान ६ बजेर ४५ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नु भएको जीपीएस ट्रेकिङले पनि पुष्टि गरेको छ । सबैभन्दा कम समयमा सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाउनु भएका शेर्पाले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न सरकारलाई पनि सुझाव दिनु भयो ।

संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ का शेर्पाले सगरमाथाको ५ पटक सफल आरोहण गरिसक्नु भएको छ । त्यसैगरी उहाँले ल्होत्से हिमालको ३ पटक, मकालुको ३ पटक, मनास्लुको ३ पटक, केटु हिमालको २ पटक, धवलागिरी हिमालको २ र आमादब्लाम हिमालको २ पटक गरी २० पटक हिमालहरुको सफल आरोहण गरिसक्नु भएको छ । 

मकालु हिमालबाट टे«किङ गाईडको रुपमा हिमाल आरोहणको क्षेत्रमा प्रवेश गर्नु भएका ३२ वर्षीय शेर्पा ६ वर्षकै उमेर आमा र १४ वर्षको उमेरमा बुबालाई गुमाउनु परेपछि पढाईलाई बीचैमा छोडेर जीवन निर्वाहका लागि यस क्षेत्रमा प्रवेश गर्नु भएको थियो ।
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया