संघीय सरकारलाई चुनौती दिँदै विराटनगर महानगरले कोइराला निवासमा नगर प्रहरी खटायो

 जेठ २१, २०७६ मंगलबार १३:१३:१ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - संघीय सरकारलाई चुनौती दिँदै विराटनगर महानगरपालिकाले कोइराला निवासमा नगर रक्षक खटाएको छ ।

गृहमन्त्रीको निर्देशनमा लामो समयदेखि बस्दै आएका सशस्त्र  प्रहरी हटेपछि  कांग्रेसले सरकारको आलोचना गर्दै आएको थियो ।  सशस्त्र प्रहरी बललाई त्यहाँबाट हटाएपछि सुरक्षा–कर्मीको ठाउँमा महानगरले नगर रक्षक खटाएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयाे ।

मेयर पराजुलीले भन्नुभयाे, 'कोइराला निवास भनेको शेखर कोइरालाको घर मात्र हाेइन । याे प्रजातन्त्रवादीहरुको घर भएकोले त्यसको सुरक्षा दिनु महानगरको पनि दायित्व रहन्छ । त्यसको सुरक्षाका लागि २ जना नगररक्षक आजैदेखि खटाइएको  छ ।'

मेयर पराजुलीले कृष्ण प्साद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाजस्ता राजनीतिक व्यक्तित्वकाे कुञ्जको रुपमा रहेकोले राज्यले यसको संरक्षण गर्नु पर्नेमा  संघीय सरकारले सशस्त्र प्रहरीलाई हटाउनु नै दु:खद रहेको बताउनुभयाे ।  

‘सुरक्षाकर्मी हटाउनु हुँदैन थियो, संघीय सरकारले हटायो', मेयर पराजुलीले भन्नुभयाे, ‘महानगरपालिका पनि स्थानीय सरकार भएकोले महानगरका नगर रक्षक खटाएर आवश्यक व्यवस्थापन गरिएको छ ।’

 

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया