अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - पर्यटकीय गाउँपालिकाका रुपमा परिचित सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकाको गीत सार्वजनिक भएको छ ।
यसै हप्ता प्रदेश सरकारले पर्यटकीय गाउँपालिका घोषणा गरेको खुम्बुपासाङल्हामु गाउँपालिकाले प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, भौगोलिक विविधतालाई समेटेर तयार पारिएको गीत सार्वजनिक गरेको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा खुम्बुपासाङल्हामु गाउँपालिकामा पर्छ ।
गएको जेठ १३ गते नाम्चेमा सगरमाथा सरसफाइ अभियान सम्पन्न गर्ने क्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विमोचन गर्नुभएको गीतको म्यूजिक भिडियो हाइलाइट्स नेपालको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएकाे हाे।
गाउँपालिकाको पहिचान झल्काउन र पर्यटन प्रवर्द्धन समेत गर्ने उद्देश्यले गीत तयार पारिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिनुभयो । गीतमा हिमाली मनोरम दृष्यको साथै त्यहाँ संस्कृति र हिमाली वीरताको गाथा समेटिएको छ ।
प्रताप दासको स्वरमा रहेको गीत पुरुषोत्तम सानुले लेख्नुभएको हो भने यसमा ज्योति प्रकाशको संगीत रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।