लोकसेवा आयोगको हेटौंडा कार्यालयमा घेराउ, सरकारविरुद्ध चर्का नारा

 जेठ २१, २०७६ मंगलबार १४:३६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - लोक सेवा आयाेगले आह्वान गरेको कर्मचारी भर्ना विज्ञापन समानुपातिक नभएको भन्दै विद्यार्थीहरुले आयोगको हेटाैँडामा रहेको कार्यालय घेराउ गरेका छन् ।

संविधान विपरीत आह्वान गरिएको विज्ञापन रद्ध गरी समानुपातिक पद्धति अनुरुप विज्ञापन आह्वान गर्न माग गर्दै विद्यार्थीहरुले आयोगकको हेटौँडामा रहेको कार्यालय घेराउ गरेका हुन् । 

आयोगले आह्वान गरेको विज्ञापनमा समावेशी, दलित र मधेशी वर्गको लागि कुनै स्थान नरहेको भन्दै हेटौँडामा बसेर लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरुले आयोगको कार्यालय घेराउ गरेका हुन् ।  

विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर आयोगको कार्यालय घेराउ गरेको संघर्ष समितिका बालकुमार यादवले बताउनुभयो । आयाेगककाे कार्यालय घेराउ गर्दै विद्यार्थीहरुले सरकारविरुद्द चर्का नारा लगाएका थिए । 
  
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया