रोयल इनफिल्ड क्लासिकको नयाँ मोडलको मोटरसाइकल बजारमा

 जेठ २१, २०७६ मंगलबार १५:२२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले मंगलबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी सो मोडलको नयाँ मोटरसाईकल सार्वजनिक गरेको हो ।

खैराे रङमा सजिएको त्यस मोटरसाइकलको मूल्य ५ लाख १५ हजार तोकिएको छ । नेपाली युवाहरुको सपनालाई पूरा गर्न यो नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याइएको र यसको मूल्य चालू आर्थिक वर्ष सम्पन्न भएसँगै केही बढने विवेक अटोमोवाईल्स प्रालिका प्रमुख विवेक दुगडले जानकारी दिनु भयो ।

कम्पनीले आजैबाट देशका विभिन्न भागमा रहेका १९ वटा शाखामार्फत् त्यस मोडलका मोटरसाइकलको बिक्री वितरण खुला गरिएको पनि जनाएको छ । अत्याधुनिक प्रविधियुक्त भनिएको याे मोटरसाइकल सुरक्षित र भरपर्दो हुने कम्पनीको दाबी छ । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया