अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – जेठ महिनामा एकदमै ठूलो विनाशकारी भूकम्प आउँछ भनेर भ्रम फैलाएको भन्दै 'ज्योतिष' अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
बेलाबेला विभिन्न विवादमा पर्दै आएका 'ज्योतिष' क्षेत्रीलाई महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार गौशालाबाट पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
उनको यस्तो भ्रमात्मक भविष्यवाणीले सर्वसाधारणलाई त्रशित पारेको भन्दै उनलाई पक्राउ गरेको बोगटीले बताउनुभयो ।
'ज्याेतिष' क्षेत्री पछिल्लाे पटक विभिन्न विषयमा भविष्यवाणी गरेर मिडियामा छाइरहेका थिए । प्राकृतिक विपदबारे आम मानिसमा भ्रम सिर्जना गरेकोले 'ज्योतिष' क्षेत्रीमाथि फौजदारी अभियोगको आरोप लागेको प्रवक्ता बाेगटीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
किशोर शाही
June 4, 2019, 4:40 p.m.राज्यले समाजमा नचाहिने भ्रमपुर्ण हल्ला फैलाउदै हिड्ने जो सुकैलाई पनि हदैसम्मको सजाय दिनु पर्छ !!
Pritam Koirala
June 4, 2019, 4:30 p.m.यस्ता हावादारी भबिस्य बाणी गर्ने लाई जैले सम्म भुकम्प आउँदैन तैले सम्म थुन्नु पर्छ ।