ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने माेटरसाइकल चालक पक्राउ

 जेठ २१, २०७६ मंगलबार १६:२५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - ट्राफिक प्रहरीलाई १ हजार रुपैयाँ घुस दिन खोज्ने भक्तपुरको चाँगुनारायण नगरपालिका-१ का बाबुकृष्ण रोक्का पक्राउ परेका छन् ।

रक्सी खाएर बा.६७ प १३३३ नम्बरको मोटरसाइकल चलाएका रोक्काले कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई १ हजार रुपैयाँ घुस दिन खोजेका थिए । ट्राफिक प्रहरीले रोक्काका साथी सुमन थापालाई पनि पक्राउ गरेको छ ।

बा.९५ प ६४ १२ नम्बरको स्कुटर चालक थापाले प्रहरीमाथि अभद्र व्यवहार गरेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया