अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ - नेपाली कंग्रेसका सांसद विनोदकुमार चौधरीले संघीयताका कारण देशको अर्थतन्त्र डरलाग्दो दुश्चक्रमा फस्दै गएको बताउनुभएको छ ।
संघीयता खर्चिलो भएकाले त्यसलाई धान्नै नसक्ने अवस्थामा देश पुगेको भन्दै उहाँले तीन तहको सरकारका कारण सरकारको साइज र आकार मोटाउँदै गए पनि आन्तरिक आम्दानी नबढ्दा अर्थतन्त्रले देश धान्नै नसक्ने अवस्थामा पुग्न लागेको बताउनुभयो ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको छलफलमा सहभागी हुदै सांसद चौधरीले स्थानीय सरकार, सुरक्षा निकाय लगायतमा हुने खर्चलाई राजश्वले धान्न नसक्ने भएकाले देश डरलाग्दो दुश्चक्रमा फसेको बताउनुभएको हो ।
गतिशिल अर्थतन्त्रका लागि ६० प्रतिशत विकास खर्च र ४० प्रतिशत चालु खर्च हुनुपर्नेमा त्यसो नभएको भन्दै उहाँले बजेटमा अनुमान गरिएको विकास खर्च पनि खर्च गर्ने क्षमता सरकारसँग नरहेको बताउनुभयो । बिकास खर्च कम र चालु खर्च बढ्दै जानुले देशको अर्थतन्त्र कमजोर बनाउदै लैजाने र अन्ततः त्यसले उच्च करको स्थितिमा पुर्याउने दाबी उहाँले गुर्नभयो ।
निर्यात घट्नु, आयात बढ्दै जानु तथा चालु खर्चका लागि उत्पादनले धान्न नसक्ने गरी करको दरमा वृद्धि गर्नुपर्ने अवस्था उत्पन्न हुने दिशामा देश अघि बढेको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो । यही पाराले देश अघि बढ्ने हो भने केही वर्षमा विश्वमै उच्च कर दर भएको देशमा नेपाल पनि पर्ने दावी पनि उहाँले गर्नुभयो ।
सम्मृद्ध नेपालको अभियानलाई सार्थक बनाउने स्वरुपमा बजेट नआएको टिप्पणी उहाँले गर्नुभयो । स्थिर सरकार गतिशिल अर्थतन्त्रको निर्माण गरी नागरिकलाई लाभ दिन नसक्ने हो भने समाजिक न्यायका कारण आगामी दिन अझै कठिन परिस्थितिको सिर्जना हुने दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।