अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन र जिल्ला कमिटीको इञ्चार्ज सह-इञ्चार्ज तोक्ने बारेमा निर्णय लिन सकेन ।
नेताहरुबीच सहमति हुन नसकेपछि निर्णय हुन नसकेको हो । जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्ज तोक्नेबारे नेताहरुबीच मापदण्डमा नै सहमति हुन नसक्दा निर्णय हुन नसकेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र इश्वर पोखरेल मन्त्री, सांसद रहेकालाई पनि जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्ज बनाउनु पर्ने पक्षमा रहेका छन् माधव नेपालसहितका नेताहरु दोहोरो जिम्मेवारी दिन नहुने भनेपछि निर्णय हुन नसकेको एक नेताले बताए ।
यसैमा सहमति नजुट्दा केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि पछि धकेलिएको ती नेताको भनाइ छ ।
मंगलबारको बैठकमा निर्णय हुन नसके पनि बुधबार पुनः बैठक बस्ने छ । बुधबार बस्ने बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्जको टुंगो लगाईने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनुभयो ।
सहमति जुटाउन भन्दै आजै दुई पटकसम्म बैठक बसेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।