विश्व वातावरण दिवसका अवसरमा प्रधानमन्त्री ओलीद्वारा वृक्षाराेपण

 जेठ २२, २०७६ बुधबार १२:२७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको बिरुवा रोपेर फलफूलको बिरुवा रोपण अभियानको सुरुवात गर्नुभएको छ ।  

विश्व वातावरण दिवसको सन्दर्भ बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका बिरुवा रोपण अभियानको निरनतरता कार्यक्रम’को औपचारिक उद्घाटन गर्नुभएको हो । उहाँले एभोकाडोको बिरुवा राेपेर पानीसमेत हाल्नुभयाे । 

‘एक नेपाली एक फलफूलका बिरुवा रोपण अभियानको निरन्तरता कार्यक्रम’को उद्घाटन समारोहमा सरकारका मन्त्रीहरु, उच्चपदस्थ कर्मचारी, सरकारका सबै निकायका पदाधिकारीलगायतको उपस्थिति थियो । गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रृका यादवलगायतले पनि फलफूलका बिरुवा रोप्नुभएको थियो ।

सरकारले आगामी वर्षलाई वृक्षारोपण वर्षको रुपमा मनाउने घोषणा गरेको छ । त्यसैगरी कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलको उत्पादन गर्ने, सदुपयोगको सिद्धान्तबमोजिम खाली र बाँझो जमिनमा फलफूलका विरुवा रोप्ने नीति कार्यान्वयन गर्ने सिलसिलामा बुधबार फलफूलका बिरुवा रोपनलाई निरन्तरता दिने कार्यक्रमको शुभारम्भ गरिएको हो ।

लमजुङ, रोल्पा, पर्वत, उदयपुर र कास्कीमा सबैभन्दा बढी बिरुवा रोपिएको जानकारी कार्यक्रममा गराईएको थियो ।  

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया