'सार्वजनिक खरिद नियामावली छैटाैँ संशोधन'को विरोधमा निर्माण व्यवसायीकाे विराेध प्रदर्शन

 जेठ २२, २०७६ बुधबार १३:३५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल निर्माण व्यवसायी महासंघले 'सार्वजनिक खरिद नियामावली छैटाैँ संशोधन'को विरोधमा काठमाण्डाैमा विरोध र्‍याली निकालेको छ । 

सरकारले आयोजना ठेक्का समयावधिको ५० प्रतिशत भन्दा बढी म्याद थप गर्न नपाउने व्यवस्थासहित नियमावली संशोधन गरेपछि व्यवसायी त्यसको विरोधमा उत्रिएका हुन् ।

ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने प्रवृति बढेपछि सरकारले त्यसमा कडाइ गर्दै नियमावली संशोधन गरेको हो । तर व्यवसायीहरु भने पछिल्लो प्रावधानले आफूहरुको व्यवसाय ठप्प हुनुको साथै निर्माण उद्योग क्षेत्रको आर्थिक गतिविधि नै ध्वस्त हुने दाबी गर्दै आएका छन् ।

नियमावलीको संशोधित प्रावधानअनुसार तोकिएको समय र थप गरिएको ५० प्रतिशतको समयमा पनि आयोजना सम्पन्न नगर्ने ठेकेदार कम्पनी सोझै कालो सूचीमा जाने र त्यस्ता कम्पनीले नयाँ प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।  महासंघका अध्यक्ष रवि सिंहले देशभर १ हजार ८ सय भन्दा बढी आयोजनाको ५० प्रतिशत म्याद थप भैसकेकाले ती सबै कालो सूचीमा जाने र ठेक्का तोडिने अवस्था सिर्जना हुँदा सिंगो व्यवसाय प्रभावित हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, '१८ सयभन्दा बढी आयोजनाहरु ५० प्रतिशत म्याद थप भैसकेका आयोजना छन् । ती १८ सय आयोजनामा हामी सम्पूर्ण कामकाजी व्यवसायी संलग्न छौ । अब सम्पूर्ण व्यवसाय कालो सूचीमा जानुपर्ने र ठेक्का तोडिने अवस्था आएको छ । १८ सय आयोजनाहरु तोडिँदै गयो भने त्यसको परिणाम के हुन्छ ? हामी निर्माण व्यवसायीहरुले सीड मनी राखेर ल्याएका उपकरणहरु कहाँ प्रयोग हुने ? हामीले बैंकको पैसा कसरी तिर्ने ? मजदुरको पैसा कसरी तिर्ने ? सप्लायर्सको पैसा कसरी तिर्ने ?'

'सार्वजनिक निर्माण सबैको सरोकार, ऐन नियमावली निर्माण मैत्री बनाउ' भन्ने नारासहित बुधबार बिहान राजधानीको माइतीघर मण्डलाबाट निस्केको व्यवसायीको विरोध र्‍याली नयाँ बानेश्वरसम्म पुगेको थियो । व्यवसायीहरु केही समय बानेश्वरमा धर्ना पनि बसेका थिए । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया