अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दू राष्ट्र बनाउनका चाँडै नै सडक संघर्षमा उत्रिने बताउनु भएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दू राष्ट्र बनाउने वाचा गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाललाई विदेशीको इशारामा दुई÷चार जना नेताले धर्मनिरपेक्षता बनाए । हाम्रो पार्टी यसको विरुद्धमा छ । अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौँ ।’
अध्यक्ष राणाले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐकार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दू राष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिनुभयाे । उहाँले नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि विदेशी सहयोग नचाहिने पनि स्पष्ट पार्नुभयो । राणाले थप्नुभयो, ‘नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि हामीलाई अन्तको सहयोग चाहिँदैन । हामीसँग भएको संख्या नै काफी छ ।’
अध्यक्ष राणाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिबेला ढुलमुल भएर बसिरहेको पनि आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसले प्रमुख विपक्षीको भूमिका खेल्नै सकेको छैन । अब कांग्रेसले प्रष्ट रुपमा विरोधी शक्तिको नेतृत्व लिनुपर्छ ।’ राणाले वर्तमान ओली सरकार यही रुपमा अघि बढे उपयुक्त छैन भन्ने कुरामा कांग्रेस प्रष्ट हुनुपर्नेमा जोड दिनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा बिमस्टेक राष्ट्रका प्रमुखहरुलाई बोलाइएको र नेपालका प्रधानमन्त्री ओली पनि सहभागी भएको उल्लेख गर्दै मोदी र ओलीबीच के–के कुराकानी भयो भन्ने कुरा आफूलाई थाहा नभएको उहाँको भनाइ छ । राणाले नेपाल–भारतबीचको सम्बन्ध राम्रो हुनुपर्नेमा पनि जोड दिनुभयो ।
आफ्नो पार्टी र कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकताको सम्भावना रहेको पनि राणाले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘राय मिल्ने शक्तिसँग एकता हुन्छ ।’
अध्यक्ष राणाले वर्तमान प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा बहुदलीय व्यवस्था यता अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरेको पनि बबताउनुभयो, ‘उहाँले एमाले र माओवादी केन्द्रलाई एकता गरेर नेकपा बनाउनुभयो, नेकपाले चुनावमा भारी बहुमत हासिल गर्यो । उपेन्द्र यादवसहित उहाँले दुई तिहाईको सरकार बनाउनुभयो । यो राजनीतिक रुपमा ठूलो सफलता हो ।’
शक्तिशाली सरकार गठन भएको एक वर्षभन्दा बढी समय व्यतित भइसक्दा पनि अहिलेसम्म नागरिकले ठोस उपलब्धि प्राप्त गर्न नसकेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘आखिरीमा यो सरकारको काम हेर्दा हात्ती आयो हात्ती फुस्साजस्तै छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।