ओली र प्रचण्डकाे लिस्ट नेपाललाई चित्त नबुझेपछि नेकपाले जिल्ला इञ्चार्ज र सह-इञ्चार्ज ताेक्न सकेन

 जेठ २२, २०७६ बुधबार १६:३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेताहरुबीच मत बाझिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बुधबार पनि पार्टी जिल्ला कमिटीका इञ्चार्ज र सह-इञ्चार्ज तोक्न सकेन । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेताहरुबीच मत बाझिएपछि जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्ज तोक्ने काम टुंगोमा पुग्न नसकेको हो । के गर्दा बढी उपयुक्त हुन्छ ? भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गरिएको र त्यसलाई टुंगो लगाउन भोलि बिहान नौ बजे पुन: बैठक बस्ने सहमति गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको समय अभावका कारण पनि बैठकमा त्यस विषयमा विस्तृत छलफल गर्न नसकेको पनि उहाँले स्पष्ट पार्नुभयो । ‘छलफल सकारात्मक भएको छ’, प्रवक्ता श्रेष्ठको भनाइ थियो, ‘भोलि बस्ने सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्ज टुंगो लगाउने छ ।’

नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा तयार पार्नु भएको पार्टी जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्जको सूचीमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाउनु भएको छ ।

सांसद र मन्त्री भएकाहरुलाई पार्टी जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्ज दिन नहुने अडान वरिष्ठ नेता नेपालले लिएपछि त्यससम्बन्धी निर्णय लिन ढिलाइ हुन गएको हो । मंगलबार नै सचिवालयको बैठकमा त्याे विषय प्रवेश गराइएको थियो ।

पार्टी प्रवक्ता श्रेष्ठले भोलि बस्ने बैठकमा सो विषयको टुंगो लगाउने र कार्य विभाजनका अरु थप विषयमा पनि छलफल हुने बताउनुभयो ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया