दाङमा ट्याक्टर घरभित्र पसेर ठक्कर दिंदा पाँच जना घाइते
चैत ३, २०८१ आइतबार
बाँके – पूर्व राजा ज्ञानेन्द्र शाह बुधबार सपरिवार नेपालगञ्ज पुग्नुभएको छ । पूर्व राजा पत्नी कोमलसहित नेपालगञ्ज आइपुग्नुभएको हो ।
पूर्व राजा र रानी भन्दा केही घण्टाअघि पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी पनि बुधबार दिउँसो नै नेपालगञ्ज पुग्नुभएको छ ।
नाति–नातिनीसहित नेपालगञ्ज विमानस्थलमा अवतरण गर्नुभएका पूर्व राजदम्पत्तीलाई समर्थकहरुले स्वागत गरेका थिए । राप्रपाका नेता ऋषिराज देवकोटाका अनुसार पूर्व राजाले झण्डै १० दिनसम्म नेपालगञ्जमा बिताउने कार्यक्रम छ । यसबीचमा असार २३ गते पूर्व राजा शाहको नेपालगञ्जमा जन्मोत्सव मनाउने तयारी गरिएको छ ।
पूर्व राजाको जन्मोत्सवलाई भव्य बनाउन समर्थकहरुले नेपालगञ्जमा जन्मोत्सव तयारी समिति बनाएका छन् । ६ महिनामा पूर्व राज परिवारले गरेको यो दोश्रो भ्रमण हो । यसअघि गएको पुस १३ गते पूर्व राजा शाह पत्नी कोमल र बुहारी हिमानीसहित नेपालगञ्जको भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा पूर्व राजाले राजनीतिक र धार्मिक भ्रमणसँगै लखनउ पुगेर भारतका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत भेट गर्नुभएको थियो ।
पूर्व राजपरिवार पहिलोपटक झैँ यसपटक पनि नेपालगञ्जमा रहेको होटल सोल्टीमा बसेको छ । होटल सोल्टीमा पूर्व राजाको लगानी छ ।
गएको पुसमा झण्डै तीन सातासम्म नेपालगञ्जमा रहँदा पूर्व राजा दाङ, बर्दिया र कैलाली तथा भारतको उत्तरप्रदेशको राजधानी लखनउ पुग्नुभएको थियो ।
राप्रपाका नेता देवकोटाले पूर्व राजाले यसपटक पनि समर्थकहरुसँग भेटघाट गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।