अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
ललितपुर – विश्व वातावरण दिवसको अवसरमा बुधबार गोदावरी खोलामा मानव साङ्लो बनाइएको छ । गोदावारी खोलाको मुहानबाट हनुमन्ते खोलामा मिसिने स्थानसम्म मानवसाङ्लो बनाइएको अभियानकर्मी धीरेन्द्र शाहले जानकारी दिनुभयो ।
गोदावरी सरसफाइ अभियानअन्तर्गत भएको कार्यक्रममा विभिन्न बजार क्षेत्रलाई आधार बनाएर १४ स्थानबाट मानवसाङ्लो बनाइएको थियो । गोदावारी सफाइ अभियानअन्तर्गत गएको आइतबार १३ औं हप्ता पूरा भएको छ ।
गोदावरीमा हरेक आइतबार सरसफाइ अभियान सञ्चालन भैरहेको छ । हरेक हप्ता झण्डै २ टन फोहोर संकलन गर्दै आएको अभियानकर्मी शाहले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य कोमल ओलीले हरेक व्यक्ति घर, टोल हुँदै समुदाय सफाइमा जुट्नुपर्ने बताउनुभयो । उहाँले सरसफाइको जिम्मेवारी स्थानीय तहको रहेको भन्दै हरेक स्थानीय तह आफ्नो क्षेत्र सफा र हराभरा राख्न प्रयत्नशील हुनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।