अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुमा देश बनाउने भावना र अठोट नभएसम्म देश नबन्ने बताउनुभएको छ ।
काठमाण्डौ महानगरपालिकाले बुधबार राजधानीमा गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो देश आफैले बनाउनुपर्नेमा जोड दिनुभएको हो । २०७२ साल फागुन ४ गते भत्किएको धरहराको फेदमा गएर 'मै बनाउँछु मेरो धरहरा' भनेको स्मरण गर्दे उहाँले मेरो देश मै बनाउँछु भन्ने अठोट नलिएका कारण अहिले सम्म देश नबनेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले काठमाण्डौवासीले काठमाण्डौ म बनाउँछु भन्ने बुझेर व्यवहारमा कार्यान्वयन गरेमा काठमाण्डौ बन्ने विश्वास व्यक्त गर्नुभयो ।
महानगरले आयोजना गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा सहभागी भएका युवाहरुलाई बधाई तथा शुभकामना दिदै प्रधानमन्त्री ओलीले हिम्मत र अठोट भए काम र अवसरका लागि विदेश जानु नपर्ने बताउनुभयो । अन्य देशको तुलनामा नेपालमा प्रसंस्त संभावना रहेकाले हिम्मत, इच्छाशक्ति र नविन सोचका साथ देश बनाउने अभियानमा लाग्न उहाँले सुझाव दिनुभयो ।
महानगरले स्वदेशमै बसी उद्धमशीलता प्रबर्द्धन गर्न सक्ने सामूहिक प्लेटफर्म विकास गर्ने उद्देश्यसाथ 'हाम्रो काठमाण्डौ हामी बनाउँछौँ' नारा दिइएको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा आयोजना गरेको हो । यसका सहभागी ७० वटा मध्ये २५ वटा समूहले विभिन्न ५ चरण पार गर्न सफल भएका थिए । यस प्रतिस्पर्धामा 'एनिटाइम ट्वाइलेट' परियोजना सर्वोत्कृष्ट भएको छ ।
यसले आफ्नो क्याटेगोरीमा पनि विजयी भएको छ । सर्वोत्कृष्टमा ५ लाख र आफ्नो क्याटेगोरीमा २ लाख गरी ७ लाख रुपैया पाएको छ । यस प्रतिस्पर्धामा समुदाय तथा वातावरण, शहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी मुख्य ४ विषयहरु समेटिएको थियो भने हरेक विषयहरुका विभिन्न २८ क्षेत्रहरुमा प्रतिस्पर्धीले आफ्ना नवीन सोचहरु प्रस्तुत गर्न सक्ने व्यवस्था मिलाइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।