अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन युवाहरुले चासो नदिएको बताउनुभएको छ ।
चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण लिने योजना प्रभावकारी नभएको सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकार ऋण दिन तयार भए पनि ऋण लिनेहरु तयार नभएको बताउनुभयो ।
‘हामीले सुहलियतमा ऋण दिने भनेकै हो, दिनेहरु तयार छन् तर लिन तयार भएनन, ऋण लिन्छु भन्दा बैंकले दिएनन भने गुनासो सुनुवाइ हुन्छ तर हामीसँग गुनासो आएको छैन’, उहाँले भन्नुभयो ।
चालु आर्थिक वर्षको बजेटमा उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाइएको उल्लेख थियो ।
सरकारले बजेटमै योजना राखेपछि धेरै युवाहरु उत्साहित भएका थिए । तर बजेट कार्यान्वयनको नौ महिनामा जम्मा ६ जना युवाहरुले मात्रै यस्तो ऋण पाएका छन् ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मौद्रिक नीतिको तेस्रो चौमासिक समीक्षामा जम्मा ६ जनाले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ सहुलियत ऋण लिएको उल्लेख गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bhashkar Yadav
June 9, 2019, 4:47 p.m.यो एक दम सरासर झुठो खबर हो। हामी पटकपटक प्रयास गरेको हो। यी नेताहरू खाली भन्ने काम गर्छन् तर वास्तवमा कार्यान्वयनमा हुदैनन् ।
Dipesh Dahal
June 8, 2019, 11:44 p.m.कुन बैंकले दिने रै छ म लिन्छु ल , बैंकमा जांदा बैंकले दिन मान्दैन भाषण दिने बेलामा बोल्न केहि बाँकी राख्दैन्न् / आज यो निउज स्क्रिन सट गरेर राख्छु र भोकि फेरि बैंक मा लगेर देखाउछु दियन भने बैंक को ज्याल ढोका फुटालेर आउछु।
Arjun bhattarai
June 6, 2019, 9:34 p.m.सरकारको आधारभुत कुरा यो ... धेरैमा ७ लाखले के गर्न पुग्छ ? पिएचडी पास गरेर ७ लाख ऋण लिएर कति कमाउने ? बजार महंगी यस्तो छ , घर खर्च नै नचल्ने कमाइ भएपछि विदेशिनुको विकल्प के हुन्छ ? ऋण दिनुको साटो बजार मूल्यबृद्दि नियन्त्रण गर्ने , लगानी अनुसारको प्रतिफल भए को जान्छ बाहिर ? एउटा ज्यामीले दिनमा हजार रुपियाँ कमाउँछ भने ७ लाख लगानी गरेर दिनको कति कमाइ होला ? ज्यामी काम गर्ने र सर्टिफिकेट हुनेको उति नै कमाइ भएपछि पढेर के काम ? कसरी उन्नती हुन्छ यो देशमा ? तलबले पुग्ने भए नेताले किन भ्रष्टाचार गर्छन ? नबुझेको कुरो /
Dipendra sah
June 6, 2019, 7:39 p.m.याे कुराे सत्य नरहेकाे जानकारि गराउदछु । हाम्रो बारा जिल्ला को कलैया मा रहेको बाणिज्य बैकमा जादा, यस्ताे शैक्षिक प्रमाण पत्र धिताे राखेर ऋणकाे बारेमा हामिलाइ केही जानकारि नरहेकाे बताए ।।।
दिपेन्द्र
June 6, 2019, 6:47 p.m.कति को सटिफिकेट ले कति पाउने हो यो र कुन बैंक मा हो ?
Mani
June 6, 2019, 6:10 p.m.ऋण लिन युवाहरु ताँती लागेर के गर्नु ? बैंकले ऋण दिनुपर्यो नि ? ढाँट्न पनि कति जानेका हुन् हाम्रा नेपालका मन्त्रीहरुले ? ढाँट्ने तालिम नै दिन्छन् कि क्या हो ?
रुबेन मगर
June 6, 2019, 4:47 p.m.जाने बुझेकाले बताइदिनु पर्यो कुन बैंकमा कसरि लिने हो ?
Pushpendra Khadka
June 6, 2019, 4:45 p.m.समाचार लेख्दा, कम्तिमा कुन बैंकमा कस्तो प्रक्रियाबाट ऋण लिने भनेर यहि समाचारमा उल्लेख गरेको भए हुने नि /
उपेन्द्र मल्ल
June 6, 2019, 3:42 p.m.सुर्खेत का कुनै पनि बैक ले त्यस्तो सुबिधा नदिएको र रिण माग गर्दा प्रमाणपत्र भन्दा जग्गा धितो राख्नु पर्ने बाध्यता देखाएर नदिएको हो । यो कुरा अर्थमन्त्री लाई कसरी बुझाउने