धोनीलाई आईसीसीको निर्देशन : सेनाले लगाउने पञ्जा नलगाऊ

 जेठ २४, २०७६ शुक्रबार ६:२७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले महेन्द्रसिंह धोनीले विकेटकिपिङ गर्दा लगाएको पञ्जामा रहेको चित्र हटाउन भनेको छ । 

विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको खेलमा धोनीले भारतीय सेनाको बलिदान अंकित पञ्जा लगाएका थिए । त्यो लागो पारा स्पेसल फोर्सको हो । आईसीसीले भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईमार्फत धोनीलाई त्यो पञ्जा नलगाउन भनेको छ ।

उनको पञ्जामा रहेको त्यो चित्र फेलुकवायोलाई स्टम्पिङ गर्दाको रिप्लेमा देखिएको थियो । लोगोमा देवनागरी लिपीमा ‘बलिदान’ लेखिएको छ । यस्तो लागो पारामिलिटरी कमान्डोले मात्र लगाउन सक्छन् ।

धोनीलाई सन् २०११ म यो रेजिमेन्टको मानार्थ लेफ्टिनेन्ट कोलोनेल पदवी दिइएको थियो ।तर आईसीसीको नियमअनुसार जर्सी तथा खेल सामग्रीहरुमा कुनै प्रकारको राजनैतिक, धार्मिक वा जातीय सन्देश देखाउन पाइँदैन ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया