काठमाण्डौमा बिहानैदेखि हावाहुरी र वर्षा

 जेठ २४, २०७६ शुक्रबार ५:५१:४२ | उज्यालो सहकर्मी

काठमाण्डौ - काठमाण्डौ र आसपासका ठाउँमा शुक्रबार बिहानैदेखि हावाहुरी र वर्षा भैरहेको छ ।

यसअघि सुदूरपश्चिम र मध्यपश्चिमका केही ठाउँमा बिहीबार राती ठूलो हावाहुरी र वर्षा भएको थियो । हावाहुरीले रुख तथा बिजुलीको खम्बा ढलाउँदा तथा घरको छाना उडाउँदा कैलाली र कञ्चनपुरमा केही घाइते पनि भएका छन् ।

प्रिमनसुनको समयमा वर्षासँगै हावाहुरी चल्ने भएकाले सतर्क हुन मौसमविदको सुझाव छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया