कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी : एक जनाको मृत्यु, ४० जनाभन्दा धेरै घाइते

 जेठ २४, २०७६ शुक्रबार ६:१८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बिहीबार बेलुकीको भीषण हावाहुरीबाट कैलालीमा एकजनाको ज्यान गएको छ ।

गोदावरी नगरपालिकामा एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ । कैलालीमा अरु २५ जना घाइते भएका छन् । घाइतेहरुको सेती अञ्चल अस्पताल लगायत अरु स्थानीय अस्पतालमा उपचार भैरहेको छ । 

कञ्चनपुरमा पनि हावाहुरीबाट २० जना भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । हावाहुरीले बिजुलीको पोल तथा रुख ढलाउँदा केही ठाउँमा यातायात अवरुद्ध भएको छ । कच्ची घरका छाना उडाएका छन् । 

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरबाट सुरु भएको हावाहुरी शुक्रबार बिहान काठमाण्डौ सहित मध्य क्षेत्रमा आइपुगेको छ । काठमाण्डौ र आसपासमा शुक्रबार बिहानै हावाहुरी चलेको थियो ।

हावाहुरी मध्य भेगबाट पूर्वतिर सर्दै गएको मौसमविद विभूती पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार केहीबेर हावाहुरी चल्ने सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले एक्कासी हावाहुरी चलेको उहाँको भनाई छ । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया