मिडिया काउन्सिल विधेयक प्रेसलाई नियन्त्रण गर्न नभइ नियमनका लागि: मन्त्री बाँस्काेटा

 जेठ २४, २०७६ शुक्रबार १४:२०:१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले पत्रकारितालाई सम्मानित, विश्वसनीय र जिम्मेवार बनाउन मिडिया काउन्सिल विधेयक ल्याएको दावी गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ दाङले शुक्रबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले मिडिया काउन्सिल विधेयक प्रेसलाई नियन्त्रण गर्न नभइ नियमनका लागि ल्याइएको दावी गर्नुभयो । प्रेसका जल्दाबल्दा मुद्दा छोडेर अहिले मिडिया काउन्सिल विधेयकमा अनावश्यक छलफल गरिएको टिप्पणी गर्नुभयो । 

प्रेस सबल बनाेस् भन्नेमा आफू लागेको भन्दै उहाँले अहिले नेपाल पत्रकार महासंघको सदस्यता अन्य पेशाका व्यक्तिले पनि पाएको दावी गर्दै यसमा शुद्धीकरण आवश्यक परेको बताउनुभयो ।  

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया