सरकारले घर-घरमा गएर रोजगारी दिन्छ : प्रधानमन्त्री ओली

 जेठ २४, २०७६ शुक्रबार १५:१३:५९ | उज्यालो सहकर्मी

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घर–घरमा गएर रोजगारी दिने बताउनुभएको छ । भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले बेरोजगारलाई घर-घर पुगेर रोजगारी दिने आश्वासन दिनुभयाे । 

उहाँले ४० लाख नेपाली युवालाई आफ्नो नेतृत्वको सरकारले विदेश नपठाएको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारी दिने वातावरण बनाइरहेको बताउनुभयो । सरकारले भ्रष्टाचार नगरिकन काम गरिरहेको दाबी गर्दै काममा मात्र विश्वास गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘यसअघि सरकारले राम्रो काम नगर्दा विपक्षीले विरोध गर्ने परिपाटी भए पनि अहिले राम्रो काम गरेको देखेर विपक्षीहरु डाहाले विरोध गरिरहेका छन्’, उहाँले भन्नुभयो ।  

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले भने अनुसार, पाँच लाख जना युवालाई जसरी पनि रोजगारी दिने दाबी गर्नुभयो । उहाँले अहिले भक्तपुरमा ७ सय जनालाई आंशिक रुपमा रोजगारी दिइएको बताउनुभयो । 

भक्तपुरका चारवटै नगरपालिकाको संयुक्त आयोजनामा ‘कामका लागि पारिश्रमिक’ मा आधारित सामुदायिक आयोजना कार्यान्वयनको बिहीबार शुभारम्भ भएको हो । सूर्यविनायकबाट कटुञ्जे-तीनधारा सडक निर्माण सुरु गरेर प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रम सुरु गर्नुभएको हो । 

कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा दुई करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । सूर्यविनायक नगरपालिकाबाट ४ सय, चाँगुनारायण नगरपालिकाबाट ९ सय १० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जनाले रोजगारीका लागि आवेदन दिएका छन् ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

2 Comments

  • अक्कल बिष्ट

    June 7, 2019, 4:37 p.m.

    यउटा सकिनसकि खुलाको लोकसेवा आयोग त लाखाैँलाख बिध्यार्थीले बर्षाै को पर्तिक्छ्या पछि पनि ढुक्क भयर तयारि गर्न पाको छैनन् उल्टो खारेज हुने केके समाचार छ, दिने भो घरघरमा गयार रोजगारि लाज नभाका लुट्न जान्याछन् सोझा जनतालाई लुट गरिखाउँ ।

  •  0 Reply
  • Chandra

    June 7, 2019, 3:28 p.m.

    धेरै राम्रो काम को थालनी गर्नु भए छ ओलि जि कार्य सफलता को शुभकामना

  •  0 Reply

तपाईको प्रतिक्रिया