अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ - रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले आइतबार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
गृहमन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । सरकारले भोटोजात्राको अवसर पारेर उपत्यकामा बर्सेनि बिदा दिँदै आएको छ ।
रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रुपमा पुजिने गरिन्छ । ललितपुरको जावालाखेलमा आयोजना गरिने जात्राको राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नुहुनेछ ।
भोटो देखाउने जात्राका लागि मच्छिन्द्रनाथको रथलाई लगनखेलकाे थटिटोलबाट तानेर जावलाखेल ल्याइएको छ । रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । काठमाण्डौ उपत्यकाका नेवार समुदायको विशेष पर्वको रूपमा परिचित छ ।
मच्छिन्द्रनाथको जिम्मामा रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो कसको हो? भनी राष्ट्र प्रमुखको उपस्थितिमा देखाउने चलन रहिआएको छ । जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मच्छिन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बोकेर बाजागाजाका साथ बुङमतीमा रहेकाे मन्दिरमा पुर्याउने चलन रहिआएको छ ।
मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहीमा पुर्याएपछि मच्छिन्द्रनाथको रथ यात्रा समापन हुने गरेको छ ।
बौद्ध धर्मावलम्बीहरुले करुणामय र सिद्धेश्वरका रुपमा पुज्ने मछिन्द्रनाथको जात्रा भक्तपुरका राजा नरेन्द्रदेव र काठमाण्डौका बन्धुदत्तले चलाएको भन्ने गोपाल वंशावलीमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।