अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले मानव स्वास्थ्यमा हानी पुर्याउने खालका सबै दूध वितरण केन्द्रमाथि कडा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
मन्त्री खनालले काठमाण्डौ उपत्यकाभित्र रहेका प्रदुषणयुक्त दूध वितरण केन्द्र तत्काल बन्द गराउन पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो । ‘११ औंँ राष्ट्रिय खाद्य स्वच्छता दिवस’को अवसरमा शुक्रबार ललितपुरमा भएकाे कार्यक्रममा उहाँले आफूले मानव स्वास्थ्यमाथि गम्भीर असर पुर्याउने खालका दूध वितरण केन्द्रमा छापा मार्न निर्देशन दिए पनि त्यस अनुसारको काम गर्न नसकेको भन्दै सम्बन्धित निकायप्रति असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।
मन्त्री खनालले शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिनेगरी सरकारले काम गरे पनि त्यसमा कर्मचारी प्रशासनले साथ दिन नसकेको गुनासो पनि गर्नुभयो । उहाँले पोषणयुक्त खाद्य वस्तुको उत्पादनदेखि वितरणसम्मको कामलाई व्यवस्थित बनाउन सरकारले अभियान सञ्चालन गरे पनि पर्याप्त हुन नसकेको पनि स्वीकार गर्नु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।